रियलमीले बजारमा नयाँ फ्लागसिप किलर ‘जीटी नियो २’ ल्याउने
स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी ‘जीटी नियो २’ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले यहीँ कार्तिक २४ गते उक्त स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो । साथै यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यद्यपि, मूल्य भने अहिले नै घोषणा भएको छैन ।
जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । अधिकांश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिप को व्यापक अनुभव गराउन नसक्नेमा यस मोडलले भरपुर अनुभव दिलाउने कम्पनीको दाबी छ ।
चिनियाँ बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख युनिट भन्दा धेरै विक्री भइसकेको कम्पनीले जनाएको छ । नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ सिस्टम, अल्ट्रा– हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ । जसको घोषणा सामाजिक सञ्जाल मार्फत रियलमीका को सीएमओ र चेसले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा