मधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा
विश्व मधुमेह दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ । विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो ।
मधुमेह जाँचको विशेष प्याकेजमा हस्पिटलले विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने जनाएको छ । विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले रु. ६००० तिरे पुग्ने हस्पिटलले बताएको छ ।
साथै, सोही शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु समेत गर्न सकिने हस्पिटलले जनाएको छ ।
सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा नै उपलब्ध गराइएको हस्पिटलले बताएको छ ।
यसै अबसरमा नर्भिक हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारेर हाईब्लड सुगरको संभावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको अफर सार्वजनिक गरेको छ । एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो । यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणा समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातामा २४ उडान तर सञ्चालन खर्च धान्नै मुस्किल