विद्युतीय सवारीको भन्सार अझ घट्छ : मन्त्री भुसाल
विद्युतीय सवारीको भन्सार दर अझ घट्ने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बताएकी छिन् । मंगलबार राजधानीमा आयोजित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
पछिल्लो समय मुलुकमा चाहिने भन्दा पनि अझ बढी जलविद्युतको उत्पादन भएकाले यसको प्रयोग अब वैकल्पिक ऊर्जाको रुपमा ग्यास तथा पेट्रोलियम पदार्थको विस्थापनमा प्रयोग गर्नुपर्ने मन्त्री भुसालको भनाइ छ । ‘अहिले हामीसँग प्रशस्त मात्रामा जलविद्युतको उत्पादन भएको छ । जुन हामीले प्रयोग गरेर पनि अझ बढी हुने अवस्थामा छ,’ मन्त्री भुसालले भनिन्, ‘अब हामीले यसलाई नवीकरणीय ऊर्जा स्रोतको रुपमा पेट्रोलियम पदार्थको ठाउँ प्रयोग गर्नुपर्छ ।
खाना पकाउने ग्यासको ठाउँमा विद्युतीय चुलो प्रयोग गर्नुपर्छ, पेट्रोलियम गाडीको सट्टा अब विद्युतीय सवारी चलाउनुपर्छ । यसका लागि के कसरी प्रोत्साहन गर्न सकिन्छ, हामी सोच्दै छौं’, मन्त्री भुसालले भनिन् । त्यसो त पेट्रोलियम पदार्थ तथा सोबाट चल्ने गाडीको आयातमा क्रमशः विस्थापन गर्नकै लागि सरकारले विद्युतीय गाडीको भन्सार दर घटाउने बताइन् । यसका लागि सरकार अहिले गृहकार्यमै रहेको उनको भनाइ छ ।
यसका साथै जलविद्युतको घरायसी प्रयोगमा समेत प्रत्साहन तथा सहुलियता प्रदान गर्ने उद्देश्यले सरकारले नीति तथा कार्यक्रम अघि सारेको उनले बताइन् । हाल जलविद्युतको प्रसस्त उत्पादनका कारण स्वदेशी बजारले मात्र खपत गर्ने अवस्थामा नरहेकाले विदेशमा समेत निर्यात गर्ने गरी सरकार अघि बढिसकेको उनले बताइन् । यसका लागि भारत, बंगलादेशसहित अन्य देशसँग समेत विद्युत निर्यातका लागि सम्झौताकै चरणमा रहेको मन्त्री भुसालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?