बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको नयाँ प्रस्तावले फेरि कुरा बिग्रियो, बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि नहेरिने

मङ्गलबार, १६ कात्तिक २०७८, १४ : ०३
मङ्गलबार, १६ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूसमक्ष गरेको नयाँ प्रस्तावले दुई पक्षबीच फेरि दुरी बढाएको छ । प्रधानन्यायाधीशले ‘ग्रेसफूल एक्जिट’ को सङ्केत गरेपछि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न तयार भएका न्यायाधीशहरूले पुनः कुनै पनि मुद्दा नहेर्ने भएका हुन् ।

सोमबार दुवै पक्ष केही लचक देखिएपछि मंगलबार बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास तोकिएको थियो । जबराले आफूलाई भने इजलासमा राखेका थिएनन् । तर, मंगलबार जबराले पठाएको नयाँ प्रस्तावको बारेमा छलफल गर्न बसेको न्यायाधीशहरूको बैठकमा अब कुनै पनि मुद्दा नहेर्ने सहमति भएको स्रोतले रातोपाटीलाई बतायो ।

​सोमबार सर्वोच्च अदालतको टीब्रेक पछि न्यायाधीशहरूको तर्फबाट अनिलकुमार सिन्हा, सपना प्रधान र मनोज कुमार शर्माले प्रधानन्यायाधीश जबरासँग छलफल गरेका थिए । सो छलफलमा जबराले नयाँ प्रस्ताव अघि सारेको स्रोतको भनाइ छ । सोही प्रस्तावबारे आजको बैठकमा छलफल भएको थियो ।

‘झन् कुरा बिग्रेर आयो,’ बैठकमा प्रस्तावबारे न्यायाधीशहरूको निकालेको निष्कर्ष सुनाउँदै स्रोतले भन्यो । जबराले के प्रस्ताव गरेका थिए भने खुलाइएको छैन । सोमबारको बैठकमा दुबै पक्षबीच अबदेखि मिडियामा कुनै कुरा ‘लिक’ नगर्ने सहमति समेत बनेको स्रोतले रातोपाटीलाई बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप