काठमाडौँ छाड्नेलाई बसपार्कमै खोप (तस्बिरहरू)
मङ्गलबार, १६ कात्तिक २०७८, १३ : २०
चाडपर्वमा कोरोनाभाइरसको सङ्क्रमण नफैलियोस् भनेर सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था गरेको छ ।

उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको छ ।

खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पूर्ण मात्रा लगाउने ७२ लाख ५३ हजार २८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउने ८६ लाख ७० हजार २४ जना छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण