

हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको छ । जसअनुसार मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ । तर काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको छ भने भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
कृष्ण खड्का
कृष्ण खड्का फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ