सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, अधिकतम ९७ प्रतिशतको हात खाली
सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ मंगलबार बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ।
योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ पाएका हुन्। यसको मतलब अधिकतम ९६.९१ प्रतिशत आवेदकहरुको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिकम विकसित देशहरुलाई सहयोग गर्न जी ७७ र चीनलाई परराष्ट्रमन्त्री राणाको आग्रह
-
दसौँ राष्ट्रिय खेलकुदको विषयमा मुख्यमन्त्रीले नालायकीपन प्रदर्शन गर्नुभयो : शर्मा
-
सप्तकोशीमा हाइ रेड अलर्ट जारी, पानीको बहाव ६ लाख क्यूसेक
-
मकवानपुरको सिस्नेरी चौकी बग्यो, सिन्धुलीको खुर्कोट र दुम्जाको चौकी डुबानमा
-
ललितपुरबाट १५ जना बेपत्ता
-
पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु