कोटेश्वर–जडिबुटी सडक माघसम्ममा पूरा हुने
अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य ७० प्रतिशत पूरा भएको छ । कोटेश्वरमा हुने सवारी चापलाई कम गर्न सरकारले कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम थालेकोमा ७० प्रतिशत पूरा भएको हो ।
आगामी माघसम्ममा सो खण्डको काम पूरा गर्ने गरी काम भइरहेको सडक विभागले जनाएको छ । सडक विस्तार कार्य सम्पन्न भएपछि घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने त्यहाँ प्रवेश गर्ने सवारीको संख्या पनि ४० प्रतिशतभन्दा धेरै कटौती गर्ने योजना रहेको छ । सो सडक खण्डमा दक्षिणतिर ३ लेन र उत्तरतिर १ लेन थप गर्दै सडक फराकिलो बनाउने योजना अनुरुप काम भइरहेको छ ।
नयाँ सडक विस्तार अनुसार पेप्सीकोलातर्फ १ लेन र काठमाठौं कोटेश्वरबाट जडिबुटी जाँदा १ लेन तथा जडिबुटीबाट कोटेश्वरतर्फ भने ३ लेन विस्तार हुँदैछ ।
सो विस्तारित सडक खण्डको सव बेसको काम पूरा भएर रेलिङ, ढलको काम पूरा भएको र अब बेसको काम पूरा गरी पीचको गरिने सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सुप्रिम चुडालले जानकारी दिए । उनले भने, “निर्माण कम्पनीलाई माघसम्मको समय कालोपत्रे गरी निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा रहेको छ । सो समयसम्म सडक खण्डको काम पूरा हुनेछ ।”
यो समाचार आजको कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकामा झण्डै २७ सय जनामा डेंगु संक्रमण
-
एक लाखभन्दा बढी मेट्रिक टन रासायनिक मल मौज्दात
-
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सले किन्यो मौसम ढकाललाई
-
६ दिनमा राष्ट्र बैंकबाट झण्डै दुई हजारले साटे ‘सुकिला नोट’
-
पर्यटनको राजधानी पोखराको लेकसाइड असुरक्षित
-
सौराहाको पर्यटनमा पर्यो बस र हेलिकप्टर दुर्घटनाको असर