बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि
कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो ।
तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ ।
चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल रू. १८ अर्ब ११ करोड ७३ लाख खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब ५१ करोड ३१ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा बैंकहरूले रू. १४ अर्ब ६० करोड खुद नाफा कमाएका थिए ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा ८ दशमलव ४ प्रतिशतले घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा बैंकहरूको नाफा दोहोरो अंकले नै बढेको छ । आजको आर्थिक अभियान दैनिक समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति
-
प्रचण्डसँगको भेटपछि खनालले भने– हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ
-
महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना
-
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज