देश विकासका लागि तत्काल भ्रष्टाचार रोक्नुपर्छ : सिके राउत
सोमबार, १५ कात्तिक २०७८, २१ : ५६

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगर समिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए ।
उनले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको समेत बताए । कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । पार्टीका कञ्चनरुप नगर समितिका अध्यक्ष अनिल पञ्जियारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता