सुदूरपश्चिम प्रदेश : राहत दिन निर्देशिका संशोधन
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्राकृतिक प्रकोपबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका पहिलो संशोधन २०७८ स्वीकृत गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विपदमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत सहयोग दिने व्यवस्था गर्न निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत, २० हजार क्रिया खर्च र पूर्णरुपमा घर क्षति भएका परिवारलाई ५० हजार राहत उपलब्ध गराइने गरी निर्देशिका संशोधन गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले यसअघि पीडित परिवारले राहत नै नपाउने र पाएपनि एकदमै थोरै पाउने व्यवस्था रहेको हुनाले निर्देशिका संशोधन गरेको जनाइन् । यस्तै, मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयको मातहतमा रहेका अस्थायी कार्यालयको अवधि थप गरेको छ ।
मन्त्रालय मातहत रहेको सामाजिक विकास कार्यालयको म्याद एक वर्षको थियो । ‘यसको अवधि एक वर्षको मात्र राखिएको थियो,’ उनले भनिन्, ‘नौ वटै जिल्लामा रहेका ती कार्यालयको निरन्तरतासँगै संगठन संरचना र दरबन्दीको व्यवस्था गरिएको छ ।’
त्यस्तै व्यवसायिक सीप विकास तालिम केन्द्रको संगठन संरचना र दरबन्दीको व्यवस्था गर्ने निर्णय पनि भएको मन्त्री जोशीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कर आतंक मच्चायो, संघर्षको विकल्प छैन : साह
-
काठमाडौँ महानगरपालिका नगर सभाको अधिवेशन आह्वान
-
विनोद काम्बली अस्पताल भर्ना, अवस्था चिन्ताजनक
-
सिरहामा दुई समूहबिच झडप, प्रदेश सांसद खातुनसहित १८ जना घाइते
-
७ पटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता श्याम बेनेगलको निधन
-
अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालको खराब प्रदर्शन