आयुर्वेद दिवसमा ‘आरोग्य सप्ताहन्त’ मनाइयो
आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताहन्त’ आयोजना गरेका छन् । कार्यक्रममा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीको सहभागिता थियो ।
सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको समेत आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।
कार्यक्रममा अष्टांगम आयुर्वेद चिकित्सालयम र विद्यापीठम, केरला, भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्राडा अलाथियुर नारायणन नाम्बी, इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा एस.एम.एस समाराकुनले मुख्य वक्ताको रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल, चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्राडा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा. शिवमंगल प्रसाद, भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव श्री नवीन कुमार लगायतले पनि आ–आफ्नो धारणा राखे ।
भारतले आफ्नो स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्षभरि मनाउन गइरहेको ‘अमृत महोत्सव’ को एक हिस्साको रूपमा यो आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी