मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एकैदिन दुई मुख्यमन्त्री एक्जिट : कर्णालीमा काँग्रेस, प्रदेश १ मा एकीकृत समाजवादीलाई चिठ्ठा

सोमबार, १५ कात्तिक २०७८, २० : ४२
सोमबार, १५ कात्तिक २०७८

सोमबार एकैदिन दुई प्रदेश (कर्णाली र प्रदेश १) का मुख्यमन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही र नेकपा एमालेका भीम आचार्य क्रमशः कर्णाली र प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएर सरकारबाट एक्जिट भएका हुन् । दुवै मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि राजीनामा दिन बाध्य भएका थिए । 

कर्णालीमा मुख्यमन्त्री शाहीको राजीनामासँगै काँग्रेसका जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्ने मौका पाएका छन् भने प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले सरकारको नेतृत्व गर्ने भएका छन् ।

शाही र राई दुवै पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका हुन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका कर्णालीका शाहीले ३ वर्ष ८ महिना सरकारको नेतृत्व गरेका छन् ।  त्यस्तै प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य आचार्य गत भदौ १० गते नियुक्त भएका थिए । उनले ६५ दिन सरकारको नेतृत्व गर्न भ्याए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप