कोभिड–१९ पुनः संक्रमण हुन नदिन अपनाउने रणनीतिबारे सुरक्षा समितिमा छलफल
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता र अन्य चार मन्त्रीको सहभागितामा केन्द्रीय सुरक्षा समितिको बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्रमन्त्री डा. नारायण खड्का, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदास बैरागी सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारीसहितको बैठक मुख्यतया कोभिड–१९ पुनः संक्रमण हुन नदिन के– कस्ता सुरक्षा रणनीति अपनाउने भन्ने विषयमा केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलको क्रममा बैठकमा सहभागी मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा कार्यक्रम तयार गरी व्यवस्थित रुपमा कोभिडको संक्रमण नियन्त्रण गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
‘कोभिड–१९ को संक्रमण पुनः बढ्न नदिन यससँग सम्बन्धित मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरुसँग कार्यवाहक प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘बैठकमा चाडबाडको मुखमा भिडभाड बढ्ने र भिडका कारण कोभिडको संक्रमण बढ्न सक्ने अवस्थाबारे छलफल गरिएको थियो ।
बैठकमा नेपालमा चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई कार्यवाहक प्रधानमन्त्री खाणले आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या