ईश्वर पोखरेलको चुनौती : हिम्मत छ भने एक्ला एक्लै लड्न आऊ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका छन् । सोमबार नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘अहिले एमालेको विरुद्धमा गठबन्धनको संयुक्त ढंगले प्रतिस्पर्धा गर्ने कुरा गर्दैछन्, म भन्न चाहन्छु, एक्ला एक्लै आउने हिम्मत छ भने आऊ, यदि सक्दैनौ भने गठबन्धन बनाएर भए पनि आऊ, एमाले एक्लैले त्यसको सामना गर्छ, हिजोभन्दा पनि एमाले सशक्त ढङ्गले अगाडि बढ्नेछ ।’
एमालेको विरुद्धमा तयार गठबन्धनले संविधान र कानुनलाई ठाडो उल्लङ्घन गरिरहेको आरोप समेत लगाए । पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानुनलाई ठाडो उल्लङ्घन गरेको बताए । महासचिव पोखरेलले भने, ‘गठबन्धनले राजनीतिक अस्थिरता सिर्जना गरेको छ । हामीले विकास निर्माणका प्रारम्भ गरेका योजनाहरू झन्डै पौने चार सय अस्पताल, जसको शिलान्यास भइसकेको थियो, जसको टेन्डर लागिसकेको थियो । ती अस्पतालहरूको निर्माण रोकेको छ । रणनीतिक महत्त्वका १४ सय बढी सडकहरू प्रारम्भ भएको थियो त्यो सबै रोकेको छ, यति बेला अहिलेको गठबन्धन सरकार संविधान र कानुनविपरित मूल्य मान्यता, राष्ट्रिय हीतविपिरत विदेशीहरूको सामुन्नेमा घुँडा टेकेर लाज नमान्ने गरी प्रस्तुत भएको छ, विकास निर्माणका कामलाई अवरोध गरेको छ, हामी त्यसको घोर निन्दा र भर्त्सना गर्दछौँ ।’
महासचिव पोखरेलले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरूलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितिमा महाधिवेशनको उद्घाटन गर्ने बताए । उनले देशवासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढङ्गले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ सङ्कल्पसहित अघि बढाउने योजनामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा