चोलेन्द्रको समर्थनमा माइतीघरमा प्रदर्शन हुने
सर्वोच्च अदालतमा न्यायाधीहरूबाट भइरहेको बेञ्च बहिस्कार र नेपाल बारको जारी आन्दोलनको विरोध गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा मंगलबार माइतीघरमा प्रदर्शनको तयारी भएको छ । ‘संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८’ का नामबाट जबराको समर्थनमा प्रदर्शन हुन लागेको हो ।
सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गर्दै मोर्चाका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामासमेत मागेका छन् । प्रधानन्यायाधीशको समर्थन र अन्य न्यायाधीशहरूको विरोधमा हुन लागेको प्रदर्शनको नेतृत्व वरिष्ठ अधिवक्ता एवं राप्रपाका पूर्व नेता विष्णु भट्टराईसमेतले गर्दैछन् ।
सोमबारको पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष शेखरजंग रायमाझी, अभियन्ता शोभराम थापा वरिष्ठ उपाध्यक्ष दिनेश कँडेल र विक्रम बमले बोलेका थिए । उनीहरूले बार एशोसिएशनले आन्दोलन फिर्ता गर्नुपर्ने र २४ घण्टाभित्र आन्दोलन फिर्ता लिएर इजलासमा मा सहभागी हुनुपर्ने बताउँदै त्यसो नगरे न्यायाधीश र वकिलहरूलाई जनताले बहिष्कार गर्ने बताए ।
उनीहरूले वर्तमान संविधान नै अपूर्ण रहेको भन्दै संविधानको समेत विरोध गरे । साथै उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई देशमा यस्तो अवस्था हुँदा पनि बोल्न नसक्ने हो भने राजीनामा दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण