सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना
सोमबार, १५ कात्तिक २०७८, १७ : ३८

सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । ३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।
सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिने बताएको छ । यो योजनामा सहभागी हुन चाहने ग्राहकले एउटा म्यासेज गरेर सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । विजेताहरू फेसबुक लाइभमा लक्की ड्रमार्फत् छनौट गरिने छन् र यो योजना कार्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्नेछ ।