बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वरुप परिवर्तन गरेपछि कस्तो छ टाटाको एनआरजी ?

सोमबार, १५ कात्तिक २०७८, १६ : ४२
सोमबार, १५ कात्तिक २०७८

सन् २०२० मा टाटाले एनआरजी सम्पूर्ण स्वरूप परिवर्तन गरेको छ । हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो बनाएको छ । ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ह्वीलको क्याब पनि ब्ल्याक हु“दा कार स्टाइलिस देखिएको छ ।

एनआरजीले ग्राउन्ड क्लियरेन्स बढाएको छ, जुन १ सय ८१ एमएमको छ । क्यामेरा पनि ब्ल्याक रङको भएकोले आकर्षक देखिएको छ । यो कार मजबुतीमा निकै अगाडि छ । कारको टायर साइज १५ इञ्च छ । बाहिरी रङस“ग सुहाउ“दो बनाउन भित्र पनि सोही रङले कारको सजावट गरिएको छ ।

गाडी ड्यासबोर्ड युजर–फ्रेन्ड्लीे छ । अग्ला कदका चालकका लागि स्टेरिङ ह्वीलमा पनि हाइट एड्जस्ट गर्न मिल्ने बनाइएको छ । कारलाई राम्रोसँग डिजाइन गरिएको छ । सुरक्षामा ग्लोबल एनक्यापले यसलाई ४ रेटिङ दिएको छ । रिभर्स पार्किङ क्यामेरा सिस्टम जडान गरिएकाले कार सहज र झन्झन्टमुक्त लाग्छ नै ।

सिट निकै आरामदायी छन् । लामो दुरी होस् या छोटो– कारमा बस्दा तपार्ईलाई आराम मिल्नेछ । कारको मिडिल सिटमा दुई बयस्क मानिस र एक बच्चा आरामले बस्न मिल्छ । बजारमा उत्कृष्ट ठहरिएको हार्मन स्पीकर यसमा जडान गरिएको छ । यसले राम्रो आवाज दिने भएकाले हाम्रो कानलाई मात्रै होइन, सडकको वातावरणसमेत श्रुतिमधुर बनाउन सघाउने छ । गाडीको बुट स्पेस २ सय ४२ लिटरको छ । ४ जनाको सामान सहजै अटाउन सकिन्छ । यसमा १.२ लिटरको पेट्रोल इन्जिन आउँछ ।

यस्तै, ५ स्पीड एमटी र एमएमटी दुवै सिस्टम यसमा उपलब्ध छ । गाडीको माइलेज जबर्जस्त छ । शहरी क्षेत्रमा ३० देखि ६० र राजमार्गमा १५ देखि २० किमीको माइलेज यसले दिन्छ । नेपाली बजारमा यस कारको मूल्य ३१ लाख ९६ हजार पर्न आउ“छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप