टोटनह्यामद्वारा नुनो बर्खास्त
सोमबार, १५ कात्तिक २०७८, १६ : ३५
टोटनह्याम हटस्पर्सले नुनो एस्पिरितो सान्तोलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । शनिबार म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएपछि नुनो चार महिनामा नै बर्खास्त भएका हुन् । स्पर्स प्रिमियर लिगमा पछिल्ला सातमध्ये पाँच खेलमा पराजित भएको छ ।
चार वर्ष वुल्भ्समा बिताएका ४७ वर्षीय पोर्चुगिज गत जुनमा दुई वर्षका लागि क्लबको म्यानेजर नियुक्त भएका थिए । स्पर्सले नुनोको उत्तराधिकारीको बारेमा समयसँगै निर्णय गरिने बताएको छ ।
नुनोको स्थानमा चेल्सी र इन्टर मिलानका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे आउने चर्चा रहेको छ । जोसे मोरिन्होको बहिर्गमनपछि नै स्पर्सले कोन्टेसँग छलफल गरेको थियो । तर, कोन्टेको ठूलो मागका कारण कुनै सम्झौता भने हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त