बैंकहरूकै कारण तरलता अभाव निम्तियो : गर्भनर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम तरलता अभाव बैंकहरूले नै निम्त्याएको बताएका छन् । तरलता पर्याप्त भएका बेला ६ प्रतिशत ब्याजदरमै कर्जा लिन बोलाएका बैंकहरूले दीर्घकाल निम्ति नसोच्दा अहिले तरलता अभाव भएको गभर्नर अधिकारीले दाबी गरेका हुन् ।
गभर्नर अधिकारी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तरलता अभावबारे धारणा राख्दै थिए । ‘बैंकहरूले घाँटी हेरेर हाड ननिल्दा तरलता समस्या निम्तियो, अहिले स्रोत बिनाको लगानी बढ्दा मिसम्याच भएको छ,’ उनले भने, ‘कोरोना महामारी नियन्त्रण निम्ति लगाइएको लकडाउन खुलाएपछि व्यवसायिक पुनरुत्थान तीव्र) गतिमा भयो, कर्जाको माग निकै बढ्यो, सोहीअनुसार प्रवाह भयो, यसकारण पनि तरलतामा समस्या देखियो ।’
सरकारी सुरक्षण कोषमा हाल ७ खर्ब रुपैयाँ रहेको र समग्र प्रणालीमा १७ अर्ब रुपैयाँ तरलता रहेको उल्लेख गर्दै अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण नै नपाउने अवस्था भने नरहेको दाबी गरे । साथै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का कारण बैंकिङ प्रणाली बलियो भएको जिकिर गरे ।
वि.सं. २०७७ मा निक्षेप संकलन स्थिति राम्रो र कम कर्जा प्रवाह भएपनि चालु आर्थिक वर्षमा कर्जा प्रवाह बढेको अधिकारीले बताए । निक्षेप संकलन राम्रो हुँदा बैंकहरूले नै बोलाइबोलाइ कर्जा दिएको र दीर्घकालीन रूपमा नसोचेको उनको भनाइ थियो । अर्थतन्त्र पुनरुत्थान गर्ने र व्यवसायीलाई व्यवसायमा फर्काउनेगरी मौद्रिक नीति ल्याइएको उल्लेख गर्दै उनले थपे, ‘पुनरकर्जा स्रोतलाई ५ गुणा बढाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान