मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । उनले मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न सोमबार आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंगलबार दिनको १ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दावी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजै संसदमा बहुमत नपुग्ने निश्चित भएपछि एमालेका मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा राजीनामा दिएका थिए । गठबन्धनबाट नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राई मुख्यमन्त्री बन्ने सम्भावना प्रवल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र
-
सीपीसी र माओवादी सुदुरपश्चिम प्रदेशबीच आपसी सहयोगबारे सम्झौता
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर