मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान
प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । उनले मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न सोमबार आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंगलबार दिनको १ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दावी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजै संसदमा बहुमत नपुग्ने निश्चित भएपछि एमालेका मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा राजीनामा दिएका थिए । गठबन्धनबाट नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राई मुख्यमन्त्री बन्ने सम्भावना प्रवल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
