बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेको छ : मन्त्री खड्का

सोमबार, १५ कात्तिक २०७८, १५ : ५५
सोमबार, १५ कात्तिक २०७८

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरेको बताएका छन् । सोमबार महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्ध बनाउने बताए । 

मन्त्री खड्काले पोखरामा रहेका गुफाहरूको विकासका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति बनाएर काम थाल्ने समेत वताए । उनले भने, ‘पोखरामा रहेका गुफाहरूको योजनाबद्ध विकासका लागि अधिकार सम्पन्न समिति बनाएर काम गर्ने योजनामा प्रदेश सरकार छ । यसका लागि सरकारले योजना बनाएकाले छिटै अगाडि बढ्छ ।’

उनले प्रदेश सरकार पोखराका महेन्द्र गुफा, चमेरे गुफा र गुप्तेश्वर गुफा लगायतको विकासका लागि योजनाबद्धरुपमा अगाडि बढ्ने योजना सुनाए । मन्त्री खड्काले महेन्द्र गुफाको विकासका लागि सरकारले बजेट विनियोजन गरेको बताउँदै थप बजेटका लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताए । ‘गुफाहरूको विकासका लागि प्रदेश सरकारले थोरै भएपनि बजेट विनियोजन गरेको छ, तर, यो पर्याप्त छैन,’ उनले भने, ‘यसको भौतिक पूर्वाधार निर्माणसँगै आवश्यक संरचना निर्माणका लागि केन्द्र सरकारसँग समन्वय गर्ने छौं ।’

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय क्षेत्रको विकासका लागी सरकार गम्भीर रहेको बताउँदै पर्यटन क्षेत्रमा बढ्दो आर्थिक गतिबिधिबाटै समृद्धि प्राप्त गर्न सकिनेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप