जीवन बहादुर शाही भन्छन्– अब त ढुक्क भइयो !
कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक देखिएका छन्। त्यसका लागि काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले केही समयअघि छलफल गरिसकेका छन् । छलफलपछि रातोपाटीसँग कुरा गर्दै काँग्रेस नेता शाहीले मुख्यमन्त्रीले सत्ता हस्तान्तरण गर्ने कुरामा आफू ढुक्क रहेको बताए ।
'उहाँ सकारात्मक हुनुहुन्छ,’उनले भने,‘ बाहिर जति कुरा आएपनि जहिले पनि उहाँ सकारात्मक नै हुनुहुन्थ्यो । यदि सकरात्मक नभएको भए त वैशाख ३ मा सहमति नै हुन्थेन नि ! उहाँहरु अहिले क्याबिनेट बैठकमा हुनुहुन्छ ।आज वा भोलिसम्म त आउला भन्ने विश्वास छ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ ।
तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्नेगरी महेन्द्र बहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको बताइँदै आएको छ । सोही सहमति कार्यान्वयन गर्नुपर्नेमा काँग्रेसले जोड दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण