चारबाट शून्यमा झर्यो एमाले, अब पूर्ण प्रतिपक्ष

काठमाडौँ । २०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले सोमबारबाट शून्यमा झरेको छ । २०७४ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठुलो दल समेत बनेको एमालेले केन्द्रसँगै सातमध्ये चार वटा प्रदेश सरकारको नेतृत्व गुमाउन पुगेको छ ।
यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको एमालेले सोमबारबाट भने प्रदेश १ सरकारको नेतृत्व पनि गुमाउन पुगेपछि शून्यमा झरेको हो । यी चारवटै प्रदेशमा एमाले एक्लै बहुमतको सरकार बनेका थिए । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार विश्वासको मतमा छलफल हुनुअघि नै प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
अब पूर्ण प्रतिपक्ष
नेकपा एमाले सोमबारबाट पूर्ण प्रतिपक्षको भूमिकामा पुगेको छ । सोमबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा गरेसँगै संघीय सरकारदेखि प्रदेश सरकारबाट समेत बाहिरिनु पर्दा एमाले पूर्ण प्रतिपक्षको भूमिकामा सीमित बनेको हो । एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको विवादपछिको विभाजन तथा त्यसपछि एमालेको माधव नेपाल समूहले छुट्टै पार्टी गठन गरेपछि केन्द्रदेखि प्रदेशमा समेत ठुलो दलका रूपमा रहे पनि सत्ताबाट बाहिरिन बाध्य भएको हो ।
एमालेको ओरालो यात्रा
पार्टीभित्रको विवादकै कारण सबभन्दा पहिला एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाउन पुग्यो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ७८ जेठ २७ मा ढलेको थियो । त्यसपछि यो प्रदेशमा काँग्रेस नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको छ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको ठीक दुई महिनापछि अर्थात् ०७८ साउन २८ मा एमाले नेतृत्वमै रहेको लुम्बिनी प्रदेश सरकार ढल्न पुगेको थियो । यो प्रदेशमा एमाले स्थायी समिति सदस्य समेत रहेका शंकर पोखरेलले सरकारको नेतृत्व गरेका थिए । पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेपछि यो प्रदेशमा पनि ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलबहादुर केसी बनेका मुख्य मन्त्री बनेका छन् ।
गण्डकी र लुम्बिनीपछि एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढल्न पुगेको थियो । यो प्रदेशमा एमालेले डोरमणि पौडेलको राजीनामा गराएर एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए पनि शाक्य नेतृत्वको सरकार समेत धेरै टिक्न सकेन । पौडेलको राजीनामा पछि २०७८ भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य ७१ दिनमा कात्तिक १० गते राजीनामा दिएर बाहिरिन पुगेकी थिइन् । शाक्यको राजीनामा पछि यो प्रदेशमा ५ दलीय गठबन्धनका तर्फबाट एमालेबाटै अलग भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । शाक्य नेतृत्वको सरकार ढलेको ५ दिनमा प्रदेश एकमा शेरधन राईलाई राजीनामा गर्न लगाएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार पनि सरकारबाट बहिर्गमन भएको हो । यो प्रदेशमा पनि गठबन्धनकै तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा