न्यायपालिकाभित्रको झगडा मिलाउन काँग्रेस अघि सर्छ : नेता सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकामा देखिएको झगडाको समाधानका लागि आवश्यक परे काँग्रेस अघि सर्ने बताएका छन् । काँग्रेस तारकेश्वर नगर समितिले काठमाडौंको मनमैजुमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिटौलाले न्यायालयमा प्रवेश गरेको कचिङ्गल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने चिन्ता बढेको बताए ।
काँग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान दिन सक्ने भन्दै न्यायालयको झगडामा पनि आवश्यक परे काँग्रेस समाधान दिन अघि बढ्ने उनको भनाइ छ । ‘न्यायपालिकाको कचिङ्गल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ । देश हाँक्ने काँग्रेसले नै हो । पद्धति ल्याएको पनि हामीले नै हो । देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो । परिआए न्यायालयको समस्याको समाधानमा काँग्रेस अघि सर्छ, काँग्रेससँग समग्र विषयमा समाधान दिन सक्ने ताकत छ,’ सिटौलाले भने ।
संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको भएपनि विगतमा कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा जनताले केही उपलब्धि नपाएको सिटौलाले बताए । उनले केपी ओली सरकारले संविधानले दिएका विषय अंगाल्न नसक्दा सरकार परिवर्तन भएको भन्दै वर्तमान सरकारको काम परिवर्तनलाई परिमार्जन गरेर जनतामुखि बनाउनेतर्फ केन्द्रीत हुनुपर्ने बताए ।
पार्टी महाधिवेशनको मुखमा रहेको भन्दै सिटौलाले पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता कार्यकर्तालाई आग्रह गरे । ‘हामी महाधिवेशनको क्रममा छौं, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक प्रयोग गर्नुस्, कसैसँग दब्नु पर्दैन, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ,’ सिटौलाले भने ।
कार्यक्रममा पूर्व रक्षामन्त्री तथा सांसद भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा काँग्रेस कमजोर बनेको बताए । आगामी महाधिवेशनपछि सो प्रवृतिको अन्त्य गरिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा अझै कुप्रथाले जडा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
-
वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)