४८ वर्ष पुगिन् ऐश्वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा
![४८ वर्ष पुगिन् ऐश्वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा](https://rpcdn.ratopati.com/media/albums/aishwarya_rai_z2E8PXXb4P.jpg)
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् । सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ । तर, यो गलत बिषय हो । सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो । तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन् ।
कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन् । त्यसपछि उनको कोक, फुजी र पेप्सीको विज्ञापन आयो । योसँगै उनले अन्य धेरै मोडलिङ प्रोजेक्ट समेत पाएकी थिइन् ।
सन् १९९४ मा ‘मिस इन्डिया’ को उपविजेता बनेकी उनले सोही वर्ष ‘मिस वर्ल्ड’ को ताज जितेकी थिइन् । ‘मिस वर्ल्ड’ बनेपछि भने मनोरञ्जन उद्योगमा उनको डिमान्ड निकै बढेको थियो । सोही कारण पनि उनलाई लगातार फिल्मको अफर मिल्यो ।
उनले १९९७ मा मणिरत्नमको फिल्म ‘इरुवर’ बाट अभिनय करियरको सुरुवात गरेकी थिइन् । सोही वर्ष उनी बलिउड फिल्म ‘और प्यार हो गया’ मा समेत देखिएकी थिइन् । दुबै फिल्म बक्स अफिसमा फ्लप साबित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति
-
प्रचण्डसँगको भेटपछि खनालले भने– हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ
-
महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना
-
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज