सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

४८ वर्ष पुगिन् ऐश्‍वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा

सोमबार, १५ कात्तिक २०७८, १३ : ५६
सोमबार, १५ कात्तिक २०७८

बलिउड अभिनेत्री ऐश्‍वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् । सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ । तर, यो गलत बिषय हो । सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो । तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन् ।

कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन् । त्यसपछि उनको कोक, फुजी र पेप्सीको विज्ञापन आयो । योसँगै उनले अन्य धेरै मोडलिङ प्रोजेक्ट समेत पाएकी थिइन् ।

सन् १९९४ मा ‘मिस इन्डिया’ को उपविजेता बनेकी उनले सोही वर्ष ‘मिस वर्ल्ड’ को ताज जितेकी थिइन् । ‘मिस वर्ल्ड’ बनेपछि भने मनोरञ्जन उद्योगमा उनको डिमान्ड निकै बढेको थियो । सोही कारण पनि उनलाई लगातार फिल्मको अफर मिल्यो ।

उनले १९९७ मा मणिरत्नमको फिल्म ‘इरुवर’ बाट अभिनय करियरको सुरुवात गरेकी थिइन् । सोही वर्ष उनी बलिउड फिल्म ‘और प्यार हो गया’ मा समेत देखिएकी थिइन् । दुबै फिल्म बक्स अफिसमा फ्लप साबित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप