बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भायानेटको सेवा जनकपुर र बर्दिवासमा पनि विस्तार

सोमबार, १५ कात्तिक २०७८, ११ : ५२
सोमबार, १५ कात्तिक २०७८

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर र बर्दिवासमा एकसाथ सेवा विस्तार गरेको छ । यी दुई स्थानसहित देशका २४ शहरमा इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको भायानेटले जानकारी दिएको छ । 

जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारबारे जानकारी दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठकले भनिन्, ‘हामी ग्राहकहरूलाई उच्चकोटी एवम् उच्च क्षमतायुक्त तीव्र गतिको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौँ, जनकपुर र बर्दिवासका ग्राहकहरूले अब बिनाकुनै व्यवधान इन्टरनेट सेवाप्राप्त गरेर आफूहरूलाई सारा विश्वसँग जोड्न सफल हुनुहुनेछ ।’

र बर्दिवासमा सेवाविस्तार भएको खुशीयाली बाँड्न भायानेटले एक वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई चार महिना तथा तीन महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई २ महिना निःशुल्क इन्टरनेट सेवाप्रदान गर्ने भएको छ । साथै, पहिलो १०० जना वार्षिक ग्राहकलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड निःशुल्क प्रदान गर्ने योजना पनि अघि सारेको छ ।

भायानेटले नेपालमा पहिलोपटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ देखि यसले नेपालमा पहिलो आइपी टिभी सेवा दिन थालेको थियो । आफ्ना ग्राहकहरूलाई विश्वस्तरको गुणस्तरीय सेवाप्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरू नोकिया, जुनिपर, सिस्को र सियनाजस्ता ब्राण्डहरूसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवाविस्तार गर्ने उद्देश्य भायानेटले राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप