सानिमा बैंकले शेयर धनीलाई १७ प्रतिशत बोनस शेयर दिने
सानिमा बैंक लिमिटेडका शेयरधनीहरूले चुक्तापूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभामार्फत बैंकले शेयरधनीलाई बोनस शेयर दिने निर्णय गरेको हो ।
संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ । साधारणसभाबाट संस्थापक समूह तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा.केशवप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल र थापा पुनः निर्वाचित भएका हुन् ।
आर्थिक बर्ष २०७७/७८ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा कुल सम्पत्ति १ अर्ब ६० अर्ब ७५ करोड, कुल निक्षेप १ खर्ब ३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी १ अर्ब २३ अर्ब १७ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
-
कर्णालीमा प्रतिपक्षसँग सरकारले ९ बुँदे सहमति गरेसँगै सदनको अवरोध हट्यो
-
एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन : बालकोट
-
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
-
अभिनेत्री हिना खानलाई ब्रेष्ट क्यान्सर
-
खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड