शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘वेलकम टु हेम्जाकोट’ले ल्यायो तिहार गीत ‘सेलको बास्ना’

सोमबार, १५ कात्तिक २०७८, ११ : २२
सोमबार, १५ कात्तिक २०७८

फिल्म ‘वेलकम टु हेम्जाकोट’ को तिहार सम्बन्धी गीत ‘सेलको बास्ना’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर निर्माण युनिटले यो गीत सार्वजनिक गरेको हो । शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर र रञ्जन इशानको स्वर रहेको गीतमा राज सागरको संगीत रहेको छ । गीतको शब्द निशान निष्कर्षले कोरेका हुन् ।

तिहारको मौलिक बिषयबस्तु समेटिएको गीतको भिडियोमा फिल्मका कलाकार बुद्धि तामाङ, सरोज खनाल, रवि गिरी, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ लगायतको अभिनय देख्न सकिन्छ । ‘फिल्म मार्फत कलासंस्कृति पनि झल्काउने हाम्रो प्रयास हो’ सह–निर्माता अर्जुन गिरी भने ‘हेम्जाकोटको गीत   दर्शक स्रोतले मन पराइदिनु हुनेछ भन्ने विश्वासमा हामी छौ ।’

फिल्ममा बुद्धि तामाङ, सरोज खनाल, रवि गिरी, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, राजु श्रेष्ठ, सन्दीप सिग्देल, सुष्मा कार्की, दिनेश खड्का लगायतको अभिनय रहेको छ । जितेन्द्र गिरी, तेजप्रसाद दाहाल निर्माता, अर्जुन गिरी र सुमन खड्का सहनिर्माता रहेको फिल्मका लेखक निर्देशक सरोज पौडेल हुन् । 

फिल्म उपयुक्त समय हेरेर रिलिज गर्ने तयारीमा आफुहरु रहको सह–निर्माता निर्माता गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप