शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सांग्रिला विकास बैंकको खुद नाफा ७२.७१ र संचालन मुनाफा १४२.६३ प्रतिशत बढ्यो

सोमबार, १५ कात्तिक २०७८, ११ : २१
सोमबार, १५ कात्तिक २०७८

चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ७२.७१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकको संचालन मुनाफामा समेत उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड २० लाख रुपैयाँमा सीमित यस्तो मुनाफा बढेर समीक्षा अवधिमा ७ करोड ७७ लाख पुगेको छ । यसरी संचालन मुनाफातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा १४२.६३ प्रतिशतको छलाङ मारेको हो । 

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो तीन महिनासम्म २६ करोड ६४ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ३६ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म ६५ करोड ९५ लाख रुपैयाँमा सीमित रिजर्भको आकार बढेर ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने निक्षेप र कर्जातर्फ पनि बैंकको प्रगति भएको छ । 
अघिल्लो वर्षको पहिलो त्रैमाससम्म सांग्रिला बैंकले ३२ अर्ब बढी निक्षेप संकलन गरी २६ अर्ब ४१ करोड बढी कर्जा प्रवाह गरेको थियो । समीक्षा अवधिमा ४७ अर्ब ४० करोड निक्षेप संकलन गरी ४१ अर्ब २८ करोड रुपैयाँभन्दा बढी कर्जा परिचालन गरेको छ । 
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा ४ रुपैयाँ ८४ पैसामात्र थियो ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात १.६४ प्रतिशत, कस्ट अफ फण्ड ६.८५ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२४ प्रतिशत र बेस रेट ९.३४ प्रतिशत कायम भएको छ । 
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ रु.१३७.२४, पीई रेसियो ४९.७८ गुणा, तरलता अनुपात २१.७२ प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १३.०४ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप