कात्तिक २५ भित्र वडा र पालिका अधिवेशन सम्पन्न गर्न एमालेको निर्देशन
सोमबार, १५ कात्तिक २०७८, १२ : ०३

नेकपा एमालेले बाँकी रहेका वडा र पालिका अधिवेशन आगामी कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक २५ भित्र बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
यसअघि एमालेले गत कात्तिक ६ गते देशभरका वडा र ९ गते पालिका अधिवेशन गरेको थियो । त्यसक्रममा कतिपय जिल्लाका वडा र पालिकामा बाढी, पहिरो र डुबानका कारण रोकिएको अधिवेशन २५ गते भित्र सम्पन्न गर्न एमालेले निर्देशन दिएको हो । एमालेले मंसिर १० देखि १२ मा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै
-
कसको कारण रोकियो कर्णाली रङ्गशालाको एक प्रतिशत काम ?
-
नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा बागमती प्रदेश
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित