कात्तिक २५ भित्र वडा र पालिका अधिवेशन सम्पन्न गर्न एमालेको निर्देशन
सोमबार, १५ कात्तिक २०७८, १२ : ०३
नेकपा एमालेले बाँकी रहेका वडा र पालिका अधिवेशन आगामी कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक २५ भित्र बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
यसअघि एमालेले गत कात्तिक ६ गते देशभरका वडा र ९ गते पालिका अधिवेशन गरेको थियो । त्यसक्रममा कतिपय जिल्लाका वडा र पालिकामा बाढी, पहिरो र डुबानका कारण रोकिएको अधिवेशन २५ गते भित्र सम्पन्न गर्न एमालेले निर्देशन दिएको हो । एमालेले मंसिर १० देखि १२ मा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण