शेरबहादुरजी प्रधानमन्त्री हुने कुरामा सेटिङ भएको छैन : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताए ।
शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भने, 'उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।'
असार २८ गते सर्वोच्चको परमादेश पछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए । तर संवैधानिक परिषदमा भने सेटिङ भएका भन्दै त्यसको खोजी नीति हुनैपर्ने उनको भनाइ थियो ।
उनले मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने बताए । 'काँग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाऊ र लोकतन्त्रको वारेस काँग्रेसलाई कसरी बनाएर लोकतन्त्रलाई सुनिश्चित गर्ने भन्ने छ । यो मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्छ भन्ने मैले अनुभूति गरेको छु,' उनले भने ।
यस्तै वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने पौडेलले बताए । उनले भने, संविधान बनाउँदा केही कुरा छुटेको छ । त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार भएको हो । तर एमालेले मानेन ।
जनकपुरमा मधेसको प्रतिनिधि उपेन्द्र यादवसँग आफूले सम्झौता गरेपछि मुलुकमा संविधानसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको पौडेलको भनाइ थियो ।
नेपालले एउटा व्यवस्थाको टुंगो नलाग्नु विकासको बाँधा भएका भन्दै उनले संसदीय लोकतन्त्र नै समावेशी व्यवस्था भएको बताए । यस्तै पौडेलले अब कार्यतालिकामा तलमाथि हुने भन्दै मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुने बताए ।
उनले भने, 'हाम्रो पार्टीको महाधिवेशन हुँदैछ । अब कार्यतालिकामा तलमाथि हुन सक्दैन । मंसिरको २४ र २६ मा हाम्रो पार्टीको महाधिवेशन गर्छौं । मेरो पार्टी अस्तव्यस्त छ । मेरो पार्टीलाई सुधार गर्ने लडाइमा छु । काँग्रेस व्यवस्थित भएपछि लोकतन्त्रपनि व्यवस्थित हुन्छ ।'
पौडेलले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार भएको भन्दै १४ औंमा पनि आफू स्वभाविक उम्मेदवार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)