नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा चियापान कार्यक्रम आयोजना
नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ। दशैंतिहार, छठ र नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर समितिले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।
नेपाली कांग्रेसले हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन परम्परागत रुपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गर्दछ। तर, यसपटक कोरोना संक्रमणका कारण नेपालमा कार्यक्रम नगरिए पनि न्यूयोर्कमा भने आफूहरुले चियापान कार्यक्रम आयोजना गरेको समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जानकारी दिएका छन्।
‘यो पार्टीले गर्ने कार्यक्रमकै निरन्तरता हो, आपसी सद्भाव, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्ने सबै चाडबाडको शुभकामना आदानप्रदानसहित हामीले यस्तो कार्यक्रम गरेका हौँ’, सभापति विष्टले भने।
समितिको कार्यक्रममा न्युयोर्कस्थित नेपाली समाजका संघ, संगठन प्रतिनिधि, जनसम्पर्क समितिका सदस्य एवं शुभेच्छुकहरु, कानुन व्यवसायी, कलाकार, संचारकर्मी र विभिन्न पेशा र व्यवसायमा आवद्ध नेपालीहरुको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो