बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बजेट उत्पादनमूलक क्षेत्रमा खर्चिनु पर्छ : अर्थमन्त्री बराल

सोमबार, १५ कात्तिक २०७८, ०७ : १५
सोमबार, १५ कात्तिक २०७८

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राज्यको बजेट उत्पादन मूलक क्षेत्रमा खर्चिनु पर्ने बताएका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माछापुच्छ्रे गाउँ कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विकास र समृद्धिका लागि बजेट उत्पादन मूलक क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यकता औँल्याए ।‘हामीले खर्च गर्ने बजेट आत्मनिर्भर अर्थ बनाउने गरी लगाउन आवश्यक छ। देशको मूल बजेट नै उत्पादनमा केन्द्रित गर्न सकेनौ भने विदेशबाट कमाएर भित्राएको रेमिट्यान्स विभिन्न किसिमका सामाग्री खरिदमा बाहिरिने छ।’

मन्त्री बरालले नेपाल कृषि प्रधान देश भएको बताउँदै कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाएर उत्पादनमा वृद्धि गर्न सकेको अवस्थामा विदेशबाट कमाएर ल्याएको पैसा सञ्चित हुने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय जनताको जीवनस्तरका सुधार गर्नका लागि आवश्यकताको आधारमा विकासका कार्य गर्ने आश्वासन दिए । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका उनले माओवादीले जनताको शिर झुकाउने कुनै काम नगरेको दाबी गरे । 

नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमुले कम्युनिष्ट पार्टीलाई स्वदेशी तथा विदेशी शक्ति लागेर विभाजन गरेको दाबी गरे । उनले माओवादी निर्णायक शक्तिको रूपमा रहेको बताउँदै पार्टीले जनताका आवश्यकता अनुसार विकास र समृद्धिका लागि काम गर्न चाहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप