प्रदेश १ मा एमाले सरकारको छिनोफानो आज : विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा राई
प्रदेश १ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डा लगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंग्याउने कार्यसूची तय गरिएको छ ।
एमाले विभाजित हुँदा १० जना प्रदेश सांसद् एकीकृत समाजवादीमा लागेपछि एकल बहुमतमा रहेको मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् । मुख्यमन्त्री आचार्यविरुद्ध काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।
प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ४६ सांसद् संख्या आवश्यक हुन्छ ।
विपक्षी गठबन्धन काँग्रेसको २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
