सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

अल्मुताइरीलाई खेलकुद मन्त्रीले भने, ‘सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोस्’

सोमबार, १५ कात्तिक २०७८, ०६ : ४०
सोमबार, १५ कात्तिक २०७८

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई स्वागत गरेका छन् । शनिबार नेपाल फर्किएपछि आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताइरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् । 

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन अल्मुताइरीले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिटलाई कायम राख्दै काम गर्न आग्रह गरे । विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुताइरीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।”

स्वागत पछि प्रतिक्रिया दिँदै अल्मुताइरीले नेपाल र नेपालीहरूको मायाले आफू पुन नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताउँदै अल्मुताइरीले नेपालले आफूलाई धेरै माया दिएको बताए ।  अल्मुताइरीको थप तीन वर्षका नेपालका लागि फुटबल प्रशिक्षकका रूपमा काम गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप