बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर नेपाल भित्रियो

आइतबार, १४ कात्तिक २०७८, २१ : ५६
आइतबार, १४ कात्तिक २०७८

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । 

जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।

एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिब १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ ।

यो मोटरसाइकल फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन् ।

जेड–वान स्ट्रिट बाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको छ । यसमा १८० सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ । १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ । यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

जेडटी ६ स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटर आदि विभिन्न विशेषता छन् ।

दुईपांग्रे सवारी र इन्जिन उत्पादनको लागि चीनका मुख्य ५ कम्पनीहरूमा जोङसेन समेत पर्छ । विगत ३० वर्ष देखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा यो कम्पनीका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ । जोङसेनले प्रयोग गर्ने विभिन्न पार्ट्सका लागि हार्ले र पियाजियोसँग समेत सहकार्य गरेको छ । जोङसेन अन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप