नन्कुन्नी–निर्मला प्रकरण : निर्मलाको जग्गा हडपेको छानविन समितिको निष्कर्ष
बाँके घर भएका निर्मला कुर्मी र नन्कुन्नी धोबीको घटना छानविन गर्न गठन गरिएको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । आइतबार सहसचिव हिरालाल रेग्मी नेतृत्वको समितिले गृहमन्त्रीलाई छानविन प्रतिवेदन बुझाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
जानकी गाउँपालिका–२ स्थित नेवाजीकी नन्कुन्नी धोबीको हत्या आरोपी अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी उर्फ लक्षिराम विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । अदालतले दुवै आरोपीहरुलाई भदौ १९ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समितिले मुद्दा विचाराधीन रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१७ घर भएकी निर्मला कुर्मीलाई उनको नाममा भएको ४ बिगाहा १० कठ्ठा जग्गा दुःख दिएर हडपेको छानविन समितिको निष्कर्ष छ । निर्मलाका पति महलु कुर्मीको २०६२ मा मृत्यु भएको थियो । उनका दुई छोराले २०६६ मंसिरमा १० दिनको फरकमा ज्यान गुमाए । त्यसपछि निर्मलाका पति महलु र जेठा छोरा रामसागरको नाममा रहेको घरजग्गाको लालपुर्जा र नागरिकता बादशाह कुर्मीले जिम्मा लिएका थिए ।
घरजग्गा खानका लागि लालपुर्जा खोसेर लगेको भन्दै बादशाह कुर्मी इतरकाले चर्को विरोध र धर्ना गरेको प्रतिवेदनमा उल्लेख छ । अनि, बादशाहले लालपुर्जा जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । त्यसपछि निर्मलाले आफूबाट विभिन्न समयमा ऋण लिएको देखाएर अदालतमा मुद्दा हाली नेपालगञ्ज धम्बोजी बस्ने पार्वती विष्टका नाममा २०६९ भदौ ६ गते जग्गा नामसारी गराएको र त्यसपछि विष्टको नामबाट रत्ना थापाको नाममा सारिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
घटनामा बादशाहसहित ८ जना दोषी देखिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । बादशाह बाहेक अरु फरार छन् । फरारमाथि अनुसन्धान भइरहेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
निर्मलालाई अपहरण गरेको र घर जग्गा हडपेको भनेर ८ जनाविरुद्ध २०७५ मा अपहरण तथा मानव बेचविखन गरेको भनेर जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको छ । नन्कुन्नी–निर्मलाको न्यायका लागि संघर्ष गरिरहेको समितिले निर्मलाको अवस्था अझै अज्ञात रहेको दावी गरेको छ । तर, भारतको विहारस्थित जगन्नाथपुरमा २१ महिनाअघि उनको मृत्यु भएको भनेर ग्राम पञ्चायतमा मृत्यु भएको देखिएको बाँकेका एसपी अधिकारीले रातोपाटीलाई बताए ।
निर्मला कुर्मीको सम्पती हडप्नका लागि गरिएको किर्ते र जालझेलबारे थप छानविनका लागी विज्ञ टोली बनाउन समेत छानविन समितिले सिफारिस गरेको छ । समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, राअवीका उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए ।
छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखेर पठाउने गृहमन्त्री खाणले बताएका छन् । प्रतिवेदन बुझ्दै खाणले भने– ‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो