संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्याउन मन्त्री बडूको निर्देशन
आइतबार, १४ कात्तिक २०७८, २१ : १८
कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सत्य निरूपण तथा मेलमिलाप आयोगमा निरीक्षण एवं अवलोकन गरेका छन् । आइतबार ललितपुरको पुल्चोकस्थित सत्य निरूपण तथा मेलमिलाप आयोग पुगेर मन्त्री बडूले संक्रमणकालीन न्यायबारे जानकारी लिएका हुन् ।
आयोगमा पदाधिकारीसँग छलफल समेत गरेका उनले संक्रमणकालीन न्यायको एजेण्डा वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा रहेको स्मरण गराएका थिए ।
संक्रमणकालीन न्याय वर्तमान सरकारको प्राथमिक विषय भएको बताउँदै यसलाई अन्तिम टुंगोमा पुर्याइने उनको भनाइ थियो । त्यसका लागि पूर्ण क्षमताका साथ काम गर्न मन्त्री बडूले आयोगका पदाधिकारीलाई निर्देशन दिए ।
सरकार र दलहरूका तर्फबाट गरिनुपर्ने कानुनी एवं अन्य सहयोग पुर्याउन सरकारबाट तत्परता र प्रतिबद्धता रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षपछि घरेलु क्रिकेटमा फर्कन बाध्य भारतीय टोलीका कप्तान
-
भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना
-
लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)
-
औपचारिक रूपमै समातिए दक्षिण कोरियाली राष्ट्रपति येओल
-
गाजामा युद्धविराम तत्कालै सुरु नगर्न इजरायली सेनालाई नेतन्याहुको आदेश
-
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य