मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

नन्कुन्नी धोबी र निर्मला कुर्मीको घटना सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझायो

आइतबार, १४ कात्तिक २०७८, १९ : ५४
आइतबार, १४ कात्तिक २०७८

नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले गृहमन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री खाणलाई प्रतिवेदन बुझाएको हो । 

छानबिन प्रतिवेदन बुझ्दै कार्यवाहक प्रधानमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने बताए । ‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौँ । स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेर बुझाएको धन्यवाद,’ कार्यवाहक प्रधानमन्त्री खाणले भने । 

समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर–२ नेवाजीकी नकुन्नी धोबीको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ । 

जाहेरीपछि अनुसन्धान भएर दुवै अभियुक्तउपर बाँके जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोग पत्रमा पेस गरी गत भदौ १९ गतेको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेको र हाल मुद्दा विचाराधिन रहेको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?