शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक रुपमा देखा परे

आइतबार, १४ कात्तिक २०७८, १७ : १४
आइतबार, १४ कात्तिक २०७८

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने  कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए । 

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए । तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सार्वजनिक रुपमा देखा परेका थिएनन् ।  

तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिबान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकू  चेलाहरुसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए ।

 सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप