आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन फुट्दैन : डा महत

आइतबार, १४ कात्तिक २०७८, १६ : ३९
आइतबार, १४ कात्तिक २०७८

काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण मतले सत्ता गठबन्धनमा फुट नआउने दावी गरेका छन् । आम निर्वाचन चाँडै आउँदै गरेको बताउँदै महतले गठबन्धन निर्वाचनसम्मै जारी रहने बताएका हुन् । ‘आम निर्वाचन चाँडै आउँदैछ, गठबन्धन जारी रहन्छ’, आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले भने, ‘मलाई लाग्दैन कि गठबन्धनमा टुट्छ ।’
यसअघि सत्ता गठबन्धनकै एक घटना जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेससँग सहकार्य गर्न गाह्रो भएको बताएका थिए । तर, महतले विगतमा उपेन्द्र यादवले केपी ओलीसँग पनि सहकार्य गरेको उल्लेख गर्दै गठबन्धन चलाउन देउवासँग मिलेर नै सहज हुने धारणा राखे । 

अर्को प्रशंगमा डा महतले एमसीसीको विषयमा अनावश्यक विरोध भएको बताए । ‘जसलाई एमसीसीको फुल फर्म थाहा छैन उसले विरोध गर्नु विडम्बना हो’, उनले भने, ‘
यो अनुदान सहयोग हो । योजना हामीले छनोट गरेको हो । यो चाहिँ अरू सहयोग भन्दा के फरक भयो ? यो त सहयोग हो ऋण होइन नि । नचाहिँदो कुरा बहस र प्रचार भएको छ , सेना आएर टेक ओभर गर्छ भन्ने गलत भ्रम फैलाइएको छ  ।’
महतले अदालतमा हाल देखिएको विवादका विषयमा पनि आफ्नो धारणा राखे । न्यायालयभित्र भएको समस्या समाधान न्यायाधीश र प्रधानन्यायाधीश मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिँदै महतले छिटो निकास दिएर न्याय सम्पादन हुनुपर्ने धारणा राखे । 
प्रधानन्यायाधीशले संविधानको सीमा नाघेमा मात्र संसदको भूमिका आउने उल्लेख गर्दै उनले भने, ‘प्रधानन्यायाधीशले संविधानको सीमा नाघे संसद बोल्छ, अहिले यसरी संविधानको सीमा नाघ्यो भनेर आएको छैन । त्यसकारण  त्यहाँ भएको समस्या त्यहीँ भित्रबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप