आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुरु

आइतबार, १४ कात्तिक २०७८, १६ : ३५
आइतबार, १४ कात्तिक २०७८

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुभारम्भ गरे ।

उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरूमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाईको समेत व्यवस्था गरेको छ ।

ग्राहकहरुले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ । उद्घाटनमा काठमाडौं नगरपालिकाका ०७ का वडा अध्यक्ष शुद्धकुमार डंगोल, बेष्ट फुड बजार प्रालिका सञ्चालक सुवास घिमिरे र उपेन्द्र पाण्डे, फोन पेका अध्यक्ष विश्वास ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप