बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गरौँः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छन् । आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गरेर अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताएकी हुन् । उनले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पुर्ण नेपालीले गर्वको अनुभुति गरेको पनि उल्लेख गरिन् ।
नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अहिंसा र शान्तिको सन्देश दिइरहेको उनले बताइन् । उनले भनिन्, ‘नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सह–अस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेकोमा हामी सम्पूर्ण नेपालीले सधैँ गर्वको अनुभुति गरेका छौँ । र सधैँ गरिरहने छौँ । बुद्धले २५ सय वर्ष भन्दा अगाडी पहिल्याउनु भएका जीवनोपयोगी सन्देशरु अहिले पनि निकै सान्दर्भिक हुनु र यसका अनुयायीहरु दिनानुदिन बिस्तारित हुदै जानु हाम्रा निम्ति खुशीको विषय हो । यस पवित्र भूमिमा हामी नेपालीहरु वृद्धत्वको भावना अनुरुप एक आपसमा सधैँ सद्भाव साथ मिलीजुली बसेको हाम्रो इतिहास छ । यसले हाम्रो पहिचान मात्र स्थापित गरेको छैन । विश्व समुदायलाई नै अहिंसा र शान्तिको शिक्षा दिइरहेको छ । बुद्ध दर्शनलाई मानवले दैनिक जीवनमा आत्मसात् गर्दै अगाडी बढ्न सक्दा नै विश्वमा दिगो शान्ति कायम हुन सक्दछ भन्ने मलाई लाग्दछ ।’
राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिइन् । यसो गर्दा स्थानीय समुदायको जीवनमा पनि समृद्धि हासिल हुने उनको भनाई छ ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । साथै लुम्बिनीमा खानेपानी, बिजुली, ढल निकास लगायतको विषयमा सम्बन्धित निकायले ध्यान पु¥याइ उत्कृष्ट बस्ती बनाउनुपर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमा सरकारका ७ सिद्धान्त, २५ प्राथमिकता
-
चैत महिनामा झनै घट्यो मूल्यवृद्धि, काठमाडौँको वृद्धिदर सबैभन्दा कम
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्ष