इजलासमा बसे प्रधानन्यायाधीश
आइतबार, १४ कात्तिक २०७८, १६ : ०८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि पेसीमा राखिएको छ ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह गरेको थियो । न्यायालयमा पछिल्लो समय देखिएको विवादका क्रममा सर्वोच्च अदालतका अधिकांश न्यायाधीशका साथै बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाब दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या