इजलासमा बसे प्रधानन्यायाधीश
आइतबार, १४ कात्तिक २०७८, १६ : ०८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि पेसीमा राखिएको छ ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह गरेको थियो । न्यायालयमा पछिल्लो समय देखिएको विवादका क्रममा सर्वोच्च अदालतका अधिकांश न्यायाधीशका साथै बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाब दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण