ओपोको ‘तिहार अफर’ : ग्राहकले आकर्षक उपहार जित्नसक्ने
अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले तिहार–२०७८ अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजना घोषणा गरेको छ । योजना अन्तर्गत उपभोक्ताले नोभेम्बर १ देखि ७ सम्म ओपोका स्मार्टफोनलगायत आइओटी उत्पादन खरिद गर्दा विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।
नेपालको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी रहेकाले स्थानीय महान चाडहरू उपभोक्तासँग खुशी साट्दै मनाउने सोचसाथ आफूहरूले समय समयमा विभिन्न उपहार योजनाहरूको घोषणा गर्दै आइरहेका र ओपो तिहार योजना यसैको एक अभिन्न अंग भएको ओपो नेपालका ब्राण्ड निर्देशक पियरसन शेनले बताए ।
क्याम्पेन अवधिभर ओपोका कुनैपनि उत्पादन खरिद गरी उपभोक्ताले ‘तिहार उपहार योजना’ मा सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि उपभोक्ताले ओपोको वेबसाइटमा गएर वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरू उपलब्ध गराउनु पर्ने ओपोले जानकारी दिएको छ ।
ओपोका अनुसार सहभागी मध्येबाट लक्की–ड्रमार्फत छनोटमा परेका भाग्यशाली विजेताहरूले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरू जित्न र विजेताहरूको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ