नेप्से सूचक ५५ अंकले बढ्यो, बैंक बाहेक सबै परिसूचक हरियो
साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज सूचक (नेप्से) ५५.५० अंकले बढेको छ । गत सातादेखिको बढ्दो क्रम नेप्सेमा आज पनि कायम रहेको हो । बैंकिङबाहेक सबै परिसूचक (सब–इन्डिक्स) हरियो अर्थात बढ्दो क्रममा छ । आज नेप्सेमा कूल ७ अर्ब २ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३ लाख ९९ हजार ३२२ कित्ता सेयर कारोबार भएको छ । ५५.५० अंक बढेसँगै सूचकले २,८३७.६१ अंक भेटेको छ ।
आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९.४६ अंकले बढेर ५३०.४६ पुगेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ६.५४ प्रतिशत बढेको छ । वाणिज्य समूहको ५.९६ र होटल तथा पर्यटन समूहको सेयरमा ५.४४ प्रतिशत वृद्धि देखिएको छ । बैंकिङ समूह परिसूचक भने ०.१६ प्रतिशत घटेको छ । आज युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् भने एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या