स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग
नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गरेको छ । आइतबार अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
आगामी फागुन १४ गते स्ववियु चुनाव सम्पन्न हुने गरी कार्यतालिका ल्याउन अनेरास्ववियू सचिवालय सदस्य तथा त्रिविका इन्चार्ज मदन विष्टले जानकारी दिए । यस्तै त्रिविले अध्ययन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्काल अनिवार्य सञ्चालन गर्न अनेरास्ववियुको माग छ । यस्तै कोभिड महामारीमा विद्यार्थीबाट लिइएको शुल्क फिर्ताका गर्न पनि अनेरास्ववियुको माग छ ।
पिछडिएका क्षेत्र, द्धन्द्ध पीडित, उत्पीडित, महिला र विपन्न समूदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण