बारको आग्रह बेवास्ता गर्दै इजलास तोकिए पनि सर्वोच्च अदालतमा बेन्च बसेन
नेपाल बार एशोसिएसनले गरेको आग्रहलाई बेवास्ता गर्दै सर्वोच्च अदालतमा आइतबारका लागि १२ वटा इजलासमा विभिन्न मुद्दाका पेसी तोकिए । यद्यपि, दिउँसो खाजाको समयसम्म कुनै पनि इजलास बस्न सकेन । बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो इजलास नतोक्न आग्रह गरेको थियो । यद्यपि प्रधानन्यायाधीश जबराले आइतबार दुईवटा इजलासमा आफूलाई राखेका थिए ।
आफूसहितको इजलास तोके पनि उनी सर्वोच्च अदालतमा भने आएका छैनन् । आफ्नो सुझावलाई बेवास्ता गर्दै इजलास तोकिए पनि बार एशोसिएसनले भने कुनै प्रतिक्रिया जनाएको छ । आइतबार प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको बैठकले सोमबारदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दाहरूका लागि मात्र इजलास बस्नेबारे छलफल गरेका छन् ।
बार एशोसिएशन सहभागी हुने अवस्थामा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्न सकिने उनीहरुको भनाइ छ । आइतबार न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २७ वटा मुद्दा राखिएको थियो । तर बेन्च नै नबस्दा कुनै पनि मुद्दामा सुनुवाइ प्रक्रिया अघि बढ्न सकेन । त्यस्तै, न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा ११ मुद्दा राखिएको थियो । उक्त बेन्च पनि बस्न सकेन ।
यसैगरी हरिकृष्ण कार्की र सपना प्रधान मल्लको संयुक्त इजलास पनि बस्न सकेन । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको इजलास नम्बर ४ मा पनि बेन्च नै बसेन । प्रधानन्यायाधीश जबराले पूर्ण इजलासमा दुई वटा रिटका लागि पेसी तोकेका थिए । आफूले नै सुनुवाइ गर्नेगरी इजलास तोके पनि उनी अदालतमै उपस्थित भएनन् ।
प्रधानन्यायाधीश जबराले अर्का न्यायाधीश कुमार रेग्मीका साथ अर्को पूर्ण इजलासमा पनि आफूलाई राखेका थिए । सो इजलासमा विभिन्न १२ वटा रिट राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण